प्रचण्डले गायक राजेशपायललाई सोधे ‘राजनीतिमा आउने सोच छ ?’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गायक राजेशपायल राई, कलाकार सन्दीप क्षेत्री, संगीतकार चेतन सापकोटा, मोडल करिश्मा ढकाल लगायतका कलाकार टोलीले भेट गरेका छन् । बिहीबार बिहान प्रचण्ड निवास खुमलटारमा पुगेर कलाकारले गरेका हुन् । प्रचण्डको चाहना अनुरुप कलाकार टोली प्रचण्ड निवास खुमलटार पुगेका हुन् । कलाकारलाई खुमलटार पुर्याउने काम संगीतकार चेतन सापकोटाले गरेका थिए ।

प्रचण्डसँगको भेटमा कलाकारले नेपाली गीतसंगीत, पछिल्लो समयको राजनीति, एमसिसि बिषयमा कुराकानी भएको सापकोटाले बताए । ‘प्रचण्डले लोकदोहोरी गायिका कल्पना दाहाल, मोडल करिश्मा ढकाल, राजेशपायल राई, सन्दीप क्षेत्रीलगायत केही कलाकारको प्रतिभाबाट म प्रभावित भएँ चियाका लागि बोलाउनु, शुभकामना दिनु पर्यो भन्नु भएको थियो’ सापकोटाले भने ‘सोही अनुसार भेट गरेका हौँ । केही कालाकार भने स्वास्थ्यमा समस्या भएका कारणले सहभागी हुन सकेनन् ।’ भेटमा गायक राइले नेपाली गीतसंगीतको विकास, जनयुद्ध र पछिल्लो राजनीतिको बिषयमा कुराकानी गरेको सापकोटाको भनाइ छ ।
भेटमा प्रचण्डले गायक राईलाई राजनीतिमा आउने सोच रहेको छ कि छैन भनेर समेत सोधेका थिए । सो अवसरमा राईले राजनीतिमा आउने अहिले सोच नभएको बताएको सापकोटाले जनाकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण