बिहान खाली पेटमा खान नहुने ६ खानेकुरा
सामान्यतयाः बिहान खाली पेटमा चियासँग दिनको सुरुवात गर्ने प्रचलन छ । बिहान चियासँगै बिस्कुट वा पाउरोटी जस्ता खानेकुरा पनि खाने गरिन्छ । चियापछि विभिन्न खानेकुरा खाने गरिन्छ । जसमा प्रायः पुवा, समोसा, अमलेट, फलफूल आदि पर्छन् । बिहान खाली पेटमा खाइने कतिपय खानेकुराहरुलाई ध्यान दिन आवश्यक हुन्छ । जसले दिनभरी उर्जा दिनुका साथै शरीरमा आउने विभिन्न समस्याबाट पनि बचाउँछ ।
विशेषज्ञका अनुसार खाली पेटमा केही पदार्थहरु खान हुँदैन । बिहान खाली पेटमा खाने केही खानेकुराले आन्द्रामा गम्भीर नोक्सान पुर्याउँछ । लामो समय सुतिसकेपछि मात्रै पाचन तन्त्रले काम गर्न सुरु गर्छ । यसका लागि खाना सुतेर उठेको २ घण्टापछि मात्रै खाने गर्नुपर्छ । तर, खाली पेटमा कुन खानेकुरा खाँदा शरीरलाई बेफाइदा पुग्छ ?
मसलायुक्त खानेकुरा
खाली पेटमा मसला र पिरो खानेकुरा खाँदा पेटमा जलन पैदा हुन्छ । खाली पेटमा खाइने यस्ता खानेकुराले एसिडिक रियाक्शन गर्ने र पेटमा ऐठन पैदा गरेर समस्या निम्त्याउँछ । मसलाको प्रकृति अनुसार पाचन प्रक्रियामा समस्या आउँछ । त्यसैले बिहानको समयमा चर्को र मसालेदार खानेकुरा खानबाट बच्नुपर्छ । बिहानको नास्तामा यस्ता खानेकुरा खानबाट बचौँ ।
जुस
बिहान खाली पेटमा जुस पिउनु पनि फाइदाजनक हुँदैन । यसले पेटमा अनावश्यक भार दिने भएकाले शरीरलाई फाइदा गर्दैन । खाली पेटमा फलमा हुने फ्रक्टोजको रुपमा हुने चिनीले कलेजोमा अत्यधिक दबाव दिने भएकाले खाली पेटमा जुसको सेवन गर्न हुँदैन ।
दही
दहीमा ल्याक्टिक एसिड हुन्छ । यसले पेटमा अम्लियपना बढाउँछ । पेटमा अम्लताको स्तर बिगार्छ । खाली पेटमा दुधबाट उत्पादन हुने खानेकुराहरुले पेटमा हुने राम्रो ब्याक्टेरियालाई मार्छ । जसले एसिडिटी बढाउँछ । त्यसले बिहान खाली पेटमा यसको सेवन गर्न हुँदैन ।
नासपाती
नासपातीमा पाइने काँचो फाइबरले पेटमा हुने पातलो झिल्लीमा असर पार्छ । यसलाई खाली पेटमा सेवन गर्दा पेटमा दुखाई बढ्न सक्छ । त्यसैले बिहान खाली पेटमा यसको सेवन गर्न हुँदैन ।
अमिलो फलफूल
फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, कुनै कुनै फलफूल बिहानको समयमा खान हुँदैन । केही फलफूलहरुको स्वाद अमिलो हुन्छ । ति फलफूलको सेवनले पेटमा एसिड उत्पादन गर्छ । साथै, यस्ता फलफूलमा अधिक मात्रामा फाइबर र फ्रक्टोज पनि हुन्छ । जसले खाली पेटमा पाचन तन्त्रलाई कमजोर बनाउँछ ।
काँचो तरकारी
बिहान खाली पेटमा काँचो तरकारीको सेवन गर्न हुँदैन । किनकी विशेषज्ञहरुले यस्तो खानेकुराको सेवन गर्ने सल्लाह दिँदैनन् । काँचो तरकारीमा फाइबरको मात्रा भरपुर हुन्छ । यसले खाली पेटमा अतिरिक्त भार पार्ने भएकाले यसको सेवन गर्न हुँदैन ।
कफी
एक कप कफीको सेवन गर्न उपयुक्त नै हुन्छ । तर, कहिलेकाँही खाली पेटमा भने कफीको सेवन गर्न हुँदैन । खाली पेटमा पाचन तन्त्रलाई समस्या पार्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रममन्त्रीको दाबी, ‘वैदेशिक रोजगारी सुरक्षित बनाउन युद्धस्तरमा काम गरिरहेका छौँ’
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन
-
युक्रेन युद्ध अन्त्यका लागि सहयोग गर्ने ट्रम्पको प्रस्ताव, पुटिनसँग ९० मिनेट वार्ता
-
मेक्सिकोविरुद्धको विजय इंग्ल्यान्डको इतिहासका उत्कृष्ट नतिजामध्ये एक हो त ?
-
कर्णालीका दुर्घटनामा सरकारको उद्धार संयन्त्रमाथि प्रश्न, प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण