कमल थापाले बोलाए केन्द्रीय समितिको पहिलो बैठक
शनिबार, ०७ फागुन २०७८, २० : २८
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको पहिलो केन्द्रीय समितिको बैठक बोलाएका छन् । शनिबार औपचारिक रुपमा पार्टी घोषणा भएसँगै आइतबारका लागि थापाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् ।
राप्रपा नेपालका नेता लाक्पा तामाङले धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा केन्द्रीय समितिको पहिलो बैठक बस्न लागेको जानकारी दिए । बैठकमा पार्टीको संगठनात्मक संरचना, आगामी रणनीति, समसामयिक विषय लगायतमा छलफल केन्द्रीत हुने बताइएको छ ।
राप्रपा नेपालको केन्द्रीय कमिटी हाल ६१ जनाको रहेको छ । निर्वाचन आयोगले कमल थापाको नेतृत्वमा पार्टी रहेको भनि अध्यावधिक गरिसकेको छ । राप्रपा परित्याग गरेसँगै लाक्पा तामाङले कमल थापालाई नेतृत्व दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण