नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी कार्यसूचीमा राखेको सभामुखको जवाफ
सत्ता र प्रतिपक्षका सांसदहरुले एमसीसी संसदको कार्यसुचीमा राखेकोमा विरोध जनाउदै सभामुखमाथि नै प्रश्न गरेपछि भामुख अग्नि सापकोटाले नेपाली समाज धु्रविकरण हुनबाट रोक्न सरोकारवालाहरुको सल्लाहमै एमसीसी संसद बैठकको कार्यसुचीमा राखेको बताएका छन् ।
सांसदहरु देव गुरुङ, भीम रावल र दुर्गा पौडेलले एमसीसी टेवल गर्न लागेकेमा आपत्ति जनाउदै जवाफ मागेपछि सभामुख सापकोटाले धु्रवीकरण रोक्न एमसीसी कार्यसूचीमा राखिएको बताएका हुन् ।
‘दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, बुद्धिजिवी एवं लब्धप्रतिष्ठित व्यक्ति व्यक्तित्वहरुको भावनाको समेत सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेका हुँदा अहम् महत्वका विषयहरुलाई आजको कार्यसूचीमा समावेश गरिएको छ’, सभामुख सापकोटाले भने, ‘सोही मान्यतालाई आत्मसात् गर्दै छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई सहयोगको लागि अपिल गर्दछु । साथै कार्यसूचीलाई अगाडि बढाउन यहाँहरुबाट सहयोग हुने आशा एवम् विश्वास राख्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण