राप्रपा नेपालले भन्यो– नेपाल बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा
नेपाल बाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा बढेको राप्रपा नेपालले जिकिर गरेको छ । राप्रपा नेपालको आइतबार बसेको केन्द्रीय समिति बैठकले नेपालमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव तीब्र रुपले बढेको समेत ठहर गरेको छ ।
‘विगत केही वर्षयता नेपालमा वाह्य शक्तिहरूको चलखेल र प्रभाव तीब्र रुपले बढ्दै गएको छ । नेपाल वाह्य शक्तिहरूको रणनीतिक प्रतिस्पर्धास्थल बन्नसक्ने खतरा देखिँदै छ’, राप्रपा नेपालको निर्णयमा भनिएको छ ।
यसको ज्वलन्त उदाहरण एमसीसी सम्बन्धी विवाद भएको राप्रपाको भनाइ छ । प्रमुख राजनीतिक दलहरूको अकर्मण्यता र अदूरदर्शिताका परिणाम स्वरुप एमसीसी अनावश्यक विवादको बन्धक भएको राप्रपा नेपालको भनाइ छ । राप्रपा नेपालले छिमेकी मित्रराष्ट्र चीन र अमेरिकाले व्यक्त गरेका चासो र चिन्तालाई नेपालले गम्भीर रुपमा लिनुपर्नेमा पनि जोड दिएको छ ।
‘नेपाली जनतामा व्याप्त आशंकाको निराकरण तथा अमेरिका र चीन दुवैलाई विश्वासमा लिएर एमसीसी कार्यान्वयन गर्न नेपाल सरकार तथा सम्बद्ध सबै राजनीतिक दलहरूसँग राप्रपा नेपाल आग्रह गर्दछ’, बैठकको निर्णयमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण