अभिनय तथा नाट्यकर्मी संघ नेपाल लुम्बिनी प्रदेश समिति गठन
लुम्बिनी प्रदेश भित्र रहेका अभिनय विधाका कलाकारहरुको बृहत भेलाले अभिनय तथा नाट्यकर्मी संघ नेपाल लुम्बिनी प्रदेश तदर्थ समिती गठन गरेको छ । बुटवलमा आयोजित भेलाले शान्तराम गिरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
जसको उपाध्यक्ष बाबुराम घिमिरे, सचिव विजय पोखरेल, कोषाध्यक्ष रेशम भण्डारी, सहसचिव कृष्णा थापा बस्नेत चयन भएका छन् । समिति सदस्यहरूमा कृष्ण खनाल, अभि थापा, कमला गैरे, ध्रुव पौडेल, नारायण थापा, कपिल अधिकारी, मिन प्रसाद देवकोटा, राज तिवारी रहेका छन् ।
त्यस्तै संघको सल्लाहकारहरूमा चिरन बराल, शेर बहादुर गौतम, राधा रमण अग्रहरी, काशिनाथ पन्थी, ध्रुव घिमिरे, रेखा एमसी रहेका छन् । अध्यक्ष सान्तराम गिरीले लुम्बिनी प्रदेश भित्र विभिन्न स्थानमा छरिएर रहेका अभिनय तथा नाट्य क्षेत्रसँग सम्बन्धित चलचित्र, टेलि चलचित्र, म्यूजिक भिडियो, नाटक अभिनय तथा नाटक लेखन सम्बन्धी विधामा काम गर्दै आएका कलाकारहरुको हकहित एवं पेशा वाव्यवसायलाई मर्यादित र परिष्कृत बनाउँदै लैजाने उदेश्यले संगठन निर्माण गरिएको बताए ।
पेसाका संघ संगठनहरु भए पनि अभिनयकर्मीको संघ संगठन नभएकोले संगठित गर्न सुरु गरिएको विजय पोखरेलको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण