राष्ट्र उत्थान लघुवित्तको आईपीओ : ८ लाख कित्ताको माग, २६ लाखको आवेदन !
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आइपीओमा साढे ३८ गुणा बढीको आवेदन परेको छ । कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म संस्थाको कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता आइपीओ जारी गरेको थियो ।
तर, उक्त आईपोओको अन्तिम दिनसम्म अर्थात् फागुन ८ गतेसम्म कम्पनीको आईपीओका लागि ३ अर्ब ५ करोड २० लाख ८८ हजार रुपैयाँ बराबरको कुल ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन परेको छ । अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६२६ जनाले ३ करोड ५ लाख ३१ हजार ३७० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ । यो कुल मागको ३८.४२ गुणा बढी आवेदन हो ।
यो हिसावले कम्पनीको आईपीओका लागि आवेदन दिनेहरुले सेयर हात पार्ने सम्भावना अत्यन्त न्यून छ । कुल ८ लाख ५९ हजार कित्ताका लागि मात्र आवेदन माग गरिएकोमा बढीमा ८५ हजार ९०० जनाले मात्र न्यूनतम १० कित्ताका दरले कम्पनीको आईपीओ पाउने छन् । बाँकी २५ लाख ४८ हजार ७२६ जनाको हात खाली हुने देखिन्छ ।
यो भनेको अधिकतम ९६.७४ प्रतिशत आवेदकहरुको हात खाली हुने हो । जम्मा ३.२७ प्रतिशतले मात्र कम्पनीको सेयर पाउनेछन् । कम्पनीले गत फागुन ४ गतेदेखि ८ गतेसम्म कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता आइपीओ जारी गरेको थियो ।
जसमध्ये ४२ हजार ५ सय कित्ता सेयर आर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोष र १३ हजार कित्ता अर्थात् ०.५ प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको ७ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो । आईपीओ बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण