भारतीय राजदूतावासले मनायो ७४ औं सेना दिवस
नेपालस्थित भारतीय राजदूतावासले भारतको ७४ औं सेना दिवस मनाएको छ । के.एम करियाप्पाले भारतीय सेनाको कमाण्डर समालेको सम्झनामा प्रत्येक वर्ष भारतीय सेनाले सेना दिवस मनाउँदै आएको छ । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गोर्खा सेनाका परिवारको कल्याणका लागि काम गरिने बताए ।
उनले भारतीय र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरे । यस्तै कार्यक्रममा नेपाली सेनाका सेनापति प्रभुराम शर्माले नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गरे । त्यस अवसरमा उनले भारतको ७४ औं सेना दिवसका अवसरमा त्यहाँका सेनापति एमएम नरवणेलाई शुभकामना दिएका छन् ।
सेनापति शर्माले कोभिड १९ को महामरी विरुद्धको लडाईमा भारतीय सेनाले नेपाली सेनालाई गरेको सहयोग र नेपाली सेनाको आधुनिक करणमा खेलेको भूमिकाको प्रशंसा गरे । समारोहमा पूर्व सेना प्रमुख, कुटनैतिक वृत्तका अधिकारी तथा नेपाल सरकारका उच्च अधिकारीको उपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफगानिस्तानको मरुभूमि हुँदै सीमा पार गर्ने क्रममा ५ जनाको मृत्यु, १४ बेपत्ता
-
माधवसँगको छलफलपछि प्रचण्डले प्रदेश सरकारबारे निर्णय गर्ने
-
बैंकको सीईओलाई भविष्यसमा समेत अयोग्य ठहर हुनेगरी कारबाही गर्न हुँदैन : सांसद राणा
-
प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्लाई समावेशी बनाउनेबारे बहस गरौँ : गगन थापा
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण