एक वर्षभित्रै २२ सय २६ वटा निसान म्याग्नाइट कार बुकिङ
सार्वजनिक भएको एक वर्षभित्रै नेपालमा २२ सय २६ वटा निसान म्याग्नाइट कार बुकिङ भएको छ । नेपालका लागि निसान र ड्याट्सनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले सन् २०२१ फेब्रुअरी २२ मा निसान म्याग्नाइट सार्वजनिक गरेको थियो ।
हालसम्म नेपाली बजारमा १४ सय ९९ वटा निसान म्याग्नाइट कार बिक्री भएको पायोनियर मोटोकर्पले जानकारी दिएको छ । हालसम्म भएको कार बुकिङ र बिक्री व्यापारमा कोशेढुङ्गा भएको पायोनियरले जनाएको छ ।
‘बिग, बोल्ड, ब्यूटिफूल’का रूपमा चिनिने निसान म्याग्नाइटलाई नेपाली बजारमा अत्यधिक रुचाइएको मोटोकर्पको दाबी छ । यो कार ‘कम्प्याक्ट एस.यू.भी अफ द इयर,’ ‘टप गियर अवार्डस् २०२१,’ ‘द भ्यालू फर मनी कार अफ द इयर’ को अटोकार अवार्डस् ‘अटोमोबाइल ग्याजेट अफ द इयर,’ र ‘कार एण्ड बाइक्स् २०२१’ को पनि विजेता भइसकेको छ । सवारी सुरक्षामा पनि ग्लोबल एनक्याप ४ स्टार रेटिङ प्राप्त गरेको छ ।
पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारदाले निसान म्याग्नाइटप्रति आकर्षित ग्राहक र शुभचिन्तक लगायत सबैलाई म्याग्नाइट बिक्री वार्षिकी अवसरमा धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण