गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटे
बुधबार, ११ फागुन २०७८, ०९ : १३
खोटाङमा गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटेका छन् । गोरु काटेको अभियोगमा गत २३ माघमा पक्राउ परेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ३९ वर्षीय जयराम तामाङ, ४० वर्षीय खगेन्द्र तामाङ, ३५ वर्षीय गणेशबहादुर तामाङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका पेमा शेर्पा मंगलबार जिल्ला अदालतको आदेशमा जनही १० हजार धरौटी बुझाएर छुटेका हुन् । चार अभियुक्तको पक्षमा अधिवक्ता ओमप्रकाश घिमिरेले बहस गरेका थिए ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुढेस्थित बिखुवाखोलाको शिरमा गोरु काटेर मासुबिक्री गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्त अनुसन्धान र कारबाही प्रकृया जारी रहने गरी २६ माघमा हिरासतमुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
-
बदलिँदो कक्षाकोठाको नयाँ दृष्टि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण