बहिनीसँग जल्थें : बलिउड अभिनेत्री रेखा
बलिउड अभिनेत्री रेखाले १३ वर्षको उमेरबाटै फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । यसपछि उनी आफ्नो अभिनय र सुन्दरताका कारण फ्यानको मुटुमा वर्षौसम्म बस्न सफल भइन् ।
उनले ‘मुकद्दरका सिकन्दर’, ‘उमराव जान’, ‘खूबसुरत’, ‘खून भरी मांग’ र ‘सिलसिला’ जस्ता कैयौं सुपरहिट फिल्ममा अभिनय गरिन् । एक समय यस्तो पनि थियो, जुन समयमा रेखा आफूलाई सुन्दर मान्दिन थिइन् । बाल्यकालदेखि नै रेखालाई आफू सुन्दर छैन भन्ने लाग्थ्यो ।
‘बाल्यकालमा म दुई कुराले चिन्तित हुन्थें । पहिलो गृहकार्य गर्नु र दोस्रो बहिनीहरूका कारण । मेरा बहिनीहरू मभन्दा धेरै राम्रा थिए । त्यहीकारण म बहिनीहरू जस्तो सुन्दर छैन भन्ने कुरामा चिन्ता लिन्थें । म बहिनीहरुभन्दा किन राम्री छैन भन्ने कुरामा जहिल्यै सोच्थें । भन्नैपर्दा बहिनीहरूको सुन्दरतामा म जल्थें’, उनले भनेकी छन् ।
रेखाले बलिउडमा करियरको सुरुवात गर्दा उनले निकै बाधाको सामना गरिन् । रेखाको रूप र उनको कालो वर्णका कारण उनका सहकलाकारहरू उनीसँग काम गर्न आनाकानी गर्थे । तर समयसँगै रेखाले दर्शकमाझ छाप छोडिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण