आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कलाकार राष्ट्रका गहना हुन् : मन्त्री आले

बिहीबार, १२ फागुन २०७८, १४ : ०८
बिहीबार, १२ फागुन २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना हुन् बताएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा  राखिएको स्वर्गीय गायक तथा अभिनेता जयनन्द लामाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै उनले भने, “ देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको  र  कलाकै  माध्यमबाट स्वर्गीय लामाले पनि देशको चिनारी बढाउने काम गर्नुभएको थियो ।”

देशमा हाल भइरहेका विभिन्न विकृति र विसङ्गतीलाई  चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन  कलाकारले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकामा  मन्त्री आलेले जोड दिए । उनले स्वर्गीय लामाका परिवारमा समवेदनासमेत प्रकट गरे ।  कला, संस्कृति तथा कलाकारको संरक्षण र सम्बद्र्धनका लागि आफू र मन्त्रालयका तर्फबाट पनि पहल हुने  मन्त्री आलेले आश्वासन पनि दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप