कुमारी जब र फाउण्ड परियोजनाबीच सम्झौता
अपाङ्गता भएका व्यक्तिहरूको लागि रोजगारीको अवसरहरु प्रदान गर्ने साझा उद्धेश्यका साथ कुमारी जब र फाउण्ड परियोजना नेपाल (लेप्रोसी मिशन) बीच सम्झौता भएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने उद्धेश्यले प्रेरित भएर यो सम्झौतामा हस्ताक्षर गरिएको कुमारी जब र फाउन्ड परियोजनाले बताएका छन् ।
सम्झौता पत्रको बारेमा बोल्दै कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, ‘शारिरिक अपाङ्गता भएका व्यक्तिहरु मानसिक रुपमा उत्तिकै सक्षम हुन्छन् र उचित अवसर पाएको खण्डमा उनीहरुले पनि अन्य मानिसहरु सरह नै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्दछन् । नेपाली परिपक्षमा शारिरिक अपाङ्गता भएका व्यक्तिहरुलाई औपचारिक रोजगारीको क्षेत्रमा अझै पनि अवसर दिन नखोजिएकोमा कुमारी जबले परिवर्तनको सन्देश दिन खोजेको छ । र, यसै सिलसिलामा फाउन्ड परियोजनासँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएक बताए ।
त्यस्तै उनले नेपालमा रोजगारीको क्षेत्रमा योगदान पु¥याउन भविष्यमा यस्ता थप कदम चाल्न कुमारी जब उत्सुक रहेको छ । यो सहमतिले अपाङ्गता भएका व्यक्तिहरूलाई औपचारिक रोजगारीको अवसरहरु उपलब्ध गराएर नेपालको रोजगारी क्षेत्रलाई अझ बलियो बनाउने बताए । सम्झौता पत्रमा कुमारी जबको तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारी र फाउन्ड परियोजनाका तर्फबाट परियोजना निर्देशक चिरञ्जीवी शर्माले हस्ताक्षर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण