एमसीसीको विरोधमा उदयपुर प्रशासन कार्यालय घेराउ
अमेरिकन सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा ६ राजनीतिक दल र दुई मोर्चाले जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ गरेका छन् ।
एमसीसी सम्झौताले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्काल खारेज गर्नु पर्ने माग राख्दै सम्झौताको विरोधमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी मजदुर पार्टीले विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ गरेका हुन् ।
नेपाली जनताको इच्छा विपरीत एमसीसी सरकारले जबरजस्ती सदनबाट पास गरे आन्दोलनले थप कडा रूप लिने नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर ओखलढुङ्गा इन्चार्ज विवेक कुमालले चेतावनी दिए । उनले ५५ अर्बमा देश बेच्न लागिएको आरोप लगाएका छन् ।
जनताको इच्छा विपरीत भएकाले उनले एमसीसी खारेज हुनुपर्ने बताएका छन् । एमसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारविरुद्धमा रहेको कुमालको दाबी छ ।
नेकपा विप्लवका केन्द्रीय सदस्य तथा इन्चार्ज कुमालले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको एमसीसी सम्झौता पारित गर्न नहुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण