काँग्रेस एमाले एउटै लाइनमा : नेम्वाङ
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपाली काँग्रेससँगको छलफल सकारात्मक रुपमा अघि बढेको बताएका छन् । बिहीबार साँझ बालुवाटारमा भएको दुई पार्टी बीचको छलफलपछि नेम्वाङले रातोपाटीसँग कुरा गर्दै एमसीसी पारित गर्ने र संसद् अवरोध खुलाउने विषयमा दुई पार्टी बीचको छलफल सकारात्मक ढङ्गले अघि बढेको बताएका हुन् ।
‘आज साँझ पनि दिउँसो छलफल भएकै विषय आसपास कुराकानी भयो । संसद्को अवरोध खुलाउने र एमसीसी पारित गर्ने विषयमा काँग्रेस र एमालेको एउटै लाइन देखिएको छ उनले भने । यद्यपि, आजको बैठकमा ठोस सहमति नभएकाले भोलि बिहान संसद् बैठक अघि बसेर फेरि छलफल गरिने उनले जानकारी दिए ।
साँझको बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए । एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू बीच एक मत हुन नसकेपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको साथ खोजेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
