बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस एमाले एउटै लाइनमा : नेम्वाङ

बिहीबार, १२ फागुन २०७८, २१ : १६
बिहीबार, १२ फागुन २०७८

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपाली काँग्रेससँगको छलफल सकारात्मक रुपमा अघि बढेको बताएका छन् । बिहीबार साँझ बालुवाटारमा भएको दुई पार्टी बीचको छलफलपछि नेम्वाङले रातोपाटीसँग कुरा गर्दै एमसीसी पारित गर्ने र संसद् अवरोध खुलाउने विषयमा दुई पार्टी बीचको छलफल सकारात्मक ढङ्गले अघि बढेको बताएका हुन् ।

‘आज साँझ पनि दिउँसो छलफल भएकै विषय आसपास कुराकानी भयो । संसद्को अवरोध खुलाउने र एमसीसी पारित गर्ने विषयमा काँग्रेस र एमालेको एउटै लाइन देखिएको छ उनले भने । यद्यपि, आजको बैठकमा ठोस सहमति नभएकाले भोलि बिहान संसद् बैठक अघि बसेर फेरि छलफल गरिने उनले जानकारी दिए ।

साँझको बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए । एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू बीच एक मत हुन नसकेपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको साथ खोजेका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप