शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल-भारत जमुनाह नाका बन्द गरिँदै

शुक्रबार, १३ फागुन २०७८, १० : ३२
शुक्रबार, १३ फागुन २०७८

नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाका आज साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । 

उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने छ । सीमानाकामा ६० घण्टासम्म सवारीसाधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।

निर्वाचन प्रयोजनका लागि रुपइडिहालगायतको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाउनुका साथै सिमानामा एक साता अघिदेखि नै सुरक्षा जाँचमा समेत कडा पारिएको छ । आपतकालीन सेवाबाहेक अन्य कुनै पनि सवारीसाधन र पैदलयात्रुलाई समेत आवागमनको छुट नहुने प्रहरी उपरीक्षक अधिकारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप