काभ्रेमा कोरोना सङ्क्रमणदर शून्यमा झर्दै
काभ्रेपलाञ्चोकको सात स्थानीय तह कोरोना सङ्क्रमण मुक्त भएका छन् । दुई नगरपालिका र पाँच गाउँपालिका कोरोना सङ्क्रमण मुक्त भएपछिको पछिल्लो दुई दिनदेखि थप सङ्क्रमीत देखिएको छैन । कोरोना सङ्क्रमण मुक्त हुनेमा नमोबुद्ध र मण्डनदेउपुर नगरपालिका तथा तेमाल, खानीखोला, बेथानचोक, महाभारत र चौंदेउराली गाउँपालिका रहेका छन् ।
पाँचखाल नगर र भुम्लु गाउँपालिकामा एक÷एक सक्रिय सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचार केन्द्र (डिसिसिएमसी) ले जनाएको छ ।
केन्द्रका अनुसार पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण नपाइएको र बिहीबार १३ जना सङ्क्रमण मुक्त भएका हुन् । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् । जिल्लामा हाल १६ सक्रिय सङ्क्रमितमध्ये धुलिखेल नगरमा छ, बनेपामा दुई, पनौतीमा चार र रोशी गाउँपालिकामा चार सङ्क्रमित रहेको पाइएको र यसअघिका केही दिनसम्म सङ्क्रमणदरभन्दा सङ्क्रमण मुक्तदर अधिक रहेको केन्द्रको तथ्याङ्कले देखाएको थियो ।
जिल्लामा हालसम्म १७ हजार ५५० मा सङ्क्रमण देखिएकामा १९५ को मृत्यु भएको छ । कोरोना सङ्क्रमणको तेस्रो लहरमा जिल्लामा एक पुरुषको मृत्यु भएको थियो । हालसम्म कूल सङ्क्रमितमध्ये ९८ दशमलब ७९ प्रतिशत अर्थात् १७ हजार ३३९ सङ्क्रमण मुक्त भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण