एमसीसीको विरोध गर्ने पौडेललाई बाबुरामको जवाफ
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पूर्व मुख्यसचिव तथा पूर्वराजदूत लीलामणि पौडेलको आलोचना गरेका छन् ।
उनले ‘जिम्मेवार मान्छेले भ्रमको आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घिउ थप्ने ?’ भन्दै पौडेललाई प्रश्न गरेका छन् । ‘एउटा देशभक्तले सामरिक भूमरीमा फस्दै गएको देशलाई प्रतिस्पर्धी शक्तिहरू बीचमा गतिशील सन्तुलन कायम राखेर देशको स्वाधीनताको रक्षा गर्ने कि एउटा सामरिक धुरीमा ढल्केर द्वन्द्वको भुमरीलाई मलजल गर्ने ? सबै गम्भीर बनौँ ?’, उनले पौडेललाई कटाक्ष गर्दै भनेका छन् ।
पूर्वराजदूत पौडेलले एमसीसीमा रहेका राष्ट्रघाती सर्त मानेर स्वीकार गर्न नसकिने बताएका थिए । शुक्रबार काठमाडौमा एमसीसीबारे आयोजित खुला बहस कार्यक्रममा उनले एमसीसीमा रहेका सर्तहरू नेपाल सरकार र नेपालको संविधानभन्दा माथि रहने खालका भएकाले त्यसलाई स्वीकार गर्न नसक्ने पौडेलले बताएका थिए ।
उनले एमसीसीमा रहेका सर्त झिकेर दिए लिन तयार रहेको हालको एमसीसीको सम्झौतामा भूरणनीतिक स्वार्थ जोडिएको पनि बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण