ड्यानीलाई जब गार्डको जागिर अफर गरियो
हिन्दी सिनेमाका महान खलनायक भनेर परिचित ड्यानी डेन्जोङग्पाले जीवनको ७४ औं बसन्त पार गरिसकेका छन् । हिन्दीसँगसँगै नेपाली, तामिल, तेलुगु र हलिउड फिल्ममा समेत अभिनय गरेका ड्यानीको यो करियरको यात्रा भने त्यति सहज थिएन । तर, संघर्षहरुका बाबजुद पनि उनी कांचा चीना, बख्तावर, खुदा बख्श जस्ता भूमिकाबाट चर्चित बने । लोकप्रिय भए ।
सिक्किममा जन्मिएका ड्यानीले बलिउडदेखि हलिउडसम्म नै आफूलाई स्थापित गरे । यो ठाउँसम्म आइपुग्न उनले गरेका संघर्षका कथाहरु निकै रोचक छन् । उनी पनि करियरको सुरुवातमा मुम्बई गए । फिल्म स्डुडियो, निर्माता, प्रोड्युसरका वरिपरि धाउनेहरुमा उनी पनि पर्छन् । तेर्सिङ पेन्त्सो असली नाम भए पनि उनलाई उनकी व्याचमेट जया बच्चनले ड्यानी नाम दिएकी थिइन् ।
मोहन कुमारको नाम सानैदेखि सुनेका उनले सिक्किमका गार्डहरुका सहयतामा उनीसम्म पुग्ने मौका पाए । उनले हिरो बन्न आएको इच्छा व्यक्त गर्दा मोहन कुमार उनीमाथि निकै हाँसे । उनले ड्यानीलाई बंगलाको गार्डको कामका लागि अफर गरे । त्यसपछि ड्यानीले सोही दिन मोहन कुमारकै बंगलाको छेउमा आफ्नो बंगला बनाउने । अहिले उनले सोही ठाउँमा बंगला बनाउन सफल भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण