ओलीसँग निर्णायक वार्ताअघि काँग्रेस नेताहरु आन्तरिक छलफलमा
शनिबार, १४ फागुन २०७८, १२ : ३७
नेपाली काँग्रेसका नेताहरु एमसीसीको विषयलाई लिएर आज पनि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा काँग्रेस नेताहरुबीच छलफल सुरु हुँदैछ । बैठकमा सहभागी हुन काँग्रेस नेताहरु बालुवाटार पुग्नेक्रम जारी छ ।
प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु बैठकमा सहभागी हुँदैछन् । आजै ३ बजे काँग्रेस नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीका विषयमा निर्णायक वार्ता गर्न बालकोट जाने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै
-
लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
-
जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय