राष्ट्रपति भण्डारीले गरिन् महाशिवरात्रिमा साधुसन्तलाई दिने सामग्रीको संकल्प
राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आउने साधुसन्तलाई वितरण गरिने सामग्रीको संकल्प गरेकी छन् ।
शीतल निवासमा आज बिहान १०ः ३० बजेको साइतमा महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई बिदाइका दिन वितरण गरिने राडी, पाखी, बक्खु, कमण्डलु, च्यादर, फलफूल र सिदासहितको सामग्री उनले विधिपूर्वक संकल्प गरेकी हुन् । संकल्प गरिएको सामग्री प्रतिष्ठित साधुसन्तलाई प्रदान गरिने गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले जानकारी दिइन् ।
प्रत्येक वर्ष फागुन कृष्ण एकादशीका दिन यी सामग्री संकल्प गर्ने विधि छ । यी सामग्री फागुन कृष्ण औँसीका दिन साधुसन्तको बिदाइका बेला दिइन्छ । फागुन कृष्ण त्रयोदशीको रात्रिमा महाशिवरात्रि पर्व मनाइन्छ । यसवर्ष महाशिवरात्रि पर्व फागुन १७ गते मंगलबार परेको छ ।
राष्ट्राध्यक्षबाट साधुसन्तलाई दिइने सामग्रीको संकल्पपछि आज बिहानदेखि नै पशुपति क्षेत्र र थापाथली, त्रिपुरेश्वर क्षेत्रका अखडामा भण्डारा सुरु गरिएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र बस्ने नागाबाबालाई भने आज बेलुकादेखि नै खानपिन र धुनीको व्यवस्था गरिने संस्थान पशुपति कार्यालय प्रमुख घिमिरेले जानकारी दिइन् ।
यस वर्ष कोरोना जोखिम कम हुँदै गएको र धेरैले तेस्रो चरणसम्मको खोप लगाएकाले पनि देशविदेशबाट आउने साधुसन्तको सङ्ख्या बढेको छ । यस वर्ष बिदाइका दिन साधुसन्तलाई सम्मानका साथै अन्तक्र्रिया कार्यक्रम पनि गर्न लागिएको संस्थानले जनाएको छ । त्यसका लागि साधुसन्तको गणनासमेत सुरु गरिएको जनाइएको छ । पशुपति क्षेत्रमा आजदेखि साधुसन्तलगायत अन्य आगन्तुकको विशेष भीड देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण