शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पछिल्लो २४ घण्टामा ४१ हजारले लगाए कोरोनाविरुद्धको खोप

आइतबार, १५ फागुन २०७८, १८ : ३१
आइतबार, १५ फागुन २०७८

पछिल्लो २४ घण्टामा ४१ हजार ३६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिका एक करोड ५५ लाख ८३ हजार ५३० जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

कम्तिमा एक मात्रा एक करोड ८१ लाख ८१ हजार ४६४ जनाले लगाएका छन् । अर्थात् पूर्ण मात्रा ७८.२ प्रतिशत र एक मात्रा ९१.३ प्रतिशतले लगाएका छन् । यस्तै, १२ वर्षदेखि १८ वर्षसम्मका ३४ लाख ५ हजार ४५५ जना बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने सरकारको लक्ष्य छ ।

जसमा पूर्ण मात्रा १५ लाख ८३ हजार ८९८ जनाले लगाएका छन् भने ३० लाख ५१ हजार ११७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्थात् पूर्ण मात्रा ४६.० प्रतिशत र ८९.० प्रतिशतले एकमात्रा लगाएको स्वास्थ्य मन्त्रालयद्धारा जारी गरिएको आँकडामा उल्लेख गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप