पछिल्लो २४ घण्टामा ४१ हजारले लगाए कोरोनाविरुद्धको खोप
आइतबार, १५ फागुन २०७८, १८ : ३१
पछिल्लो २४ घण्टामा ४१ हजार ३६९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिका एक करोड ५५ लाख ८३ हजार ५३० जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
कम्तिमा एक मात्रा एक करोड ८१ लाख ८१ हजार ४६४ जनाले लगाएका छन् । अर्थात् पूर्ण मात्रा ७८.२ प्रतिशत र एक मात्रा ९१.३ प्रतिशतले लगाएका छन् । यस्तै, १२ वर्षदेखि १८ वर्षसम्मका ३४ लाख ५ हजार ४५५ जना बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने सरकारको लक्ष्य छ ।
जसमा पूर्ण मात्रा १५ लाख ८३ हजार ८९८ जनाले लगाएका छन् भने ३० लाख ५१ हजार ११७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अर्थात् पूर्ण मात्रा ४६.० प्रतिशत र ८९.० प्रतिशतले एकमात्रा लगाएको स्वास्थ्य मन्त्रालयद्धारा जारी गरिएको आँकडामा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण