नेपाली काँग्रेसको ६ जिल्लाको अधिवेशन जारी
सोमबार, १६ फागुन २०७८, १२ : ३९

नेपाली काँग्रेसको जिल्ला अधिवेशन अन्तर्गत सोमबार ६ जिल्लामा अधिवेशन भइरहेको छ । अधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको हो । क्रियाशील सदस्यता विवादका कारण रोकिएका पर्सा, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, कैलाली र मकवानपुरको अधिवेशन भइरहेको हो ।
पार्टीले दिएको निर्देशनअनुसार सोमबार सो जिल्लामा अधिवेशन भइरहेको पार्टी केन्द्रीय कार्यालयका सूचना अधिकारी तथा प्रवक्ता केशव रिजालले जानकारी दिए । निर्वाचन कार्यतालिकाअनुसार आइतबार मनोनयन दर्ता, दाबी बिरोध तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो भने सोमबार मतदान भइरहेको हो ।
नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ वर्षमा फास्ट ट्रयाकको ४० प्रतिशत काम, २ वर्षमा सक्ने योजना
-
रुसी तेल खरिद गर्दा भारत–चीनमाथि ५०० प्रतिशत ट्यारिफ लाग्ने चेतावनी
-
नासाको भावी प्रमुखबाट मस्कका निकट सहयोगी जारेड आइज्याकम्यानको नाम ट्रम्पले लिए फिर्ता
-
परराष्ट्रमन्त्री डा राणा हङकङबाट स्वदेश फिर्ता
-
अमेरिकासँग प्रस्ताव फेर्न आग्रह गर्दै हमास
-
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित