तीन वटा वडा कार्यालय भवन निर्माण
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका विभिन्न तीन वटा वडा कार्यालय भवन निर्माण गरिएको छ । जिल्ला समन्वय समिति र गाउँपालिकाको साझेदारीमा दुई करोड नौ लाख ५४ हजारको लागतमा वडा नं ३, ४ र ५ को कार्यालय भवन निर्माण गरिएको हो ।
वडा नं ३ को पाहुँदुरमा ६९ लाख ८८ हजार ७४९, वडा नं ४ को बाँसखर्कमा ६९ लाख ३० हजार ५११ र वडा नं ५ को झोवाङमा ७० लाख ३५ हजार ५६६ को लागतमा कार्यालय भवन निर्माण गरी सञ्चालनमा ल्याइएको हो । दुईतले सुविधा सम्पन्न ती पक्की भवन निर्माणका लागि साझेदारी कार्यक्रमअनुसार कूल लागतको ६० प्रतिशत जिल्ला समन्वय समिति र ४० प्रतिशत गाउँपालिकाले व्यहोरेको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख वैनबहादुर अधिकारी क्षेत्रीको नेतृत्वमा गएको एक टोलीले नवनिर्मित भौतिक पूर्वाधार एवं सेवा प्रवाहका बारेमा जानकारी लिएको थियो । उनले जनतालाई छिटोछरितो एवं प्रविधियुक्त सेवा प्रदान गर्न भौतिक पूर्वाधारले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
टोलीले वडा नं ५ को झोवाङस्थित पर्यटकीयस्थल शीतल गुफामा निर्माण भइरहेको संरचना पनि अवलोकन गरेको थियो । उक्त गुफा परिसरमा २५ लाख ५१ हजार ८९० को लागतमा १०८ गौमुखे धारा निर्माण गरिएको छ । सो कार्यका लागि जिल्ला समन्वय समितिले १७ लाख ८६ हजार ३२३ र बाँकी गाउँपालिकाले व्यहोरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण