रेलसम्बन्धी अध्यादेश निष्क्रिय, औपचारिक उद्घाटनको मिति तय गर्न कानुनी अड्चन
जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी अध्यादेश निष्क्रिय भएको छ । अध्यादेश निष्क्रिय भएपछि रेलको औपचारिक उद्घाटनको मिति तय गर्न कानुनी अड्चन भएको छ । गत फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुविहीन) रेल दैनिक एक पटक सञ्चालन भइरहेको छ ।
ड्राई रनको सफलतापश्चात् यसै महिनाको दोस्रो साताभित्र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरिने तयारी गरिरहेका थियौँ, नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने, उद्घाटन गरेर मात्र हुँदैन । रेल सेवा सञ्चालन गर्न कानुन चाहिन्छ ।
कानुन (अध्यादेश) निष्क्रिय भएकाले तत्काल यात्रुसहित रेल सञ्चालन गर्न नसकिने जानकारी दिए । पुनः कानुनको व्यवस्था भएमा उद्घाटनको मिति तय गरिने उनले बताए । रेल सेवा सञ्चालन गर्न प्राविधिक हिसाबले सबै थोक ठीक रहेको बताउँदै, ‘कानुन अभावमा रेल सञ्चालन गरिएको खण्डमा घटना दुर्घटना भयो भने धेरै समस्या आउन सक्छ’ उनले भने । सङ्घीय सदनको बसेको बैठकमा ६० दिनभित्र अध्यादेश सदनमा पेस गरिसक्ने कानुनी प्रावधान रहेको छ । यस अवधिभित्र रेल अध्यादेश २०७८ पेस नभएका कारण स्वतः निष्क्रिय भएको महाप्रबन्धक झाले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण