मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

रेलसम्बन्धी अध्यादेश निष्क्रिय, औपचारिक उद्घाटनको मिति  तय गर्न कानुनी अड्चन

मङ्गलबार, १७ फागुन २०७८, ०७ : १६
मङ्गलबार, १७ फागुन २०७८

जयनगर–जनकपुरसम्म रेल सञ्चालन गर्न सरकारले ल्याएको रेलसम्बन्धी   अध्यादेश निष्क्रिय भएको छ । अध्यादेश निष्क्रिय भएपछि रेलको  औपचारिक उद्घाटनको मिति तय गर्न कानुनी अड्चन भएको छ । गत   फागुन १ देखि जयनगर–जनकपुरसम्म ड्राई रन (यात्रुविहीन) रेल दैनिक  एक पटक सञ्चालन भइरहेको छ ।  

ड्राई रनको सफलतापश्चात् यसै महिनाको दोस्रो साताभित्र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरिने तयारी गरिरहेका थियौँ, नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले भने,  उद्घाटन गरेर मात्र हुँदैन । रेल सेवा सञ्चालन गर्न कानुन चाहिन्छ  ।  

कानुन (अध्यादेश) निष्क्रिय भएकाले तत्काल यात्रुसहित रेल सञ्चालन   गर्न नसकिने जानकारी दिए । पुनः कानुनको व्यवस्था भएमा  उद्घाटनको मिति तय गरिने उनले बताए । रेल सेवा सञ्चालन गर्न   प्राविधिक हिसाबले सबै थोक ठीक रहेको बताउँदै, ‘कानुन अभावमा  रेल  सञ्चालन गरिएको खण्डमा घटना दुर्घटना भयो भने धेरै समस्या  आउन  सक्छ’ उनले भने  । सङ्घीय  सदनको  बसेको बैठकमा ६० दिनभित्र अध्यादेश सदनमा पेस  गरिसक्ने  कानुनी प्रावधान रहेको छ  ।  यस  अवधिभित्र रेल अध्यादेश २०७८ पेस नभएका कारण स्वतः निष्क्रिय भएको महाप्रबन्धक झाले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप