बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको अध्यक्षमा न्यौपाने  निर्वाचित

मङ्गलबार, १७ फागुन २०७८, १५ : १५
मङ्गलबार, १७ फागुन २०७८

रुपन्देहीको बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको १४ औ अधिवेशनबाट अध्यक्षमा तुल्सीराम न्यौपाने विजयी भएका छन् ।  निर्वाचनबाट  न्यौपानेको प्यानल नै विजयी बनेको हो ।

निर्वाचनमा तीन प्यानल चुनावी मैदानमा थियो । अध्यक्षका प्रत्यासी न्यौपानेले २१२ मत पाएका छन् भने उनका प्रतिस्पर्धी चन्द्रमणि भण्डारीले १२२ र प्रेम गौचनले १२० मत प्राप्त गरेको निर्वाचन अधिकृत शालिकराम बन्जाडेले जानकारी दिएका छन् ।

उद्योग उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने र वाणिज्य उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ विजयी भएका छन्। महासचिवमा ध्रुवराज भुसाल, कोषाध्यक्षमा चिन्तामणि खनाल र सचिवमा पूजा गैरे निर्वाचित भएका छन्  ।

त्यसैगरी सदस्यहरूमा देवीकला पौडेल, राजेशकुमार जोशी, पोषराज अर्याल, सुशील पाण्डे, शिशुमाया अर्या, युवराज ढकाल, शिवप्रसाद बजगाईँ र भरत साहानी विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप