सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीप्रति रावलको कटाक्ष : म हिरो हुन खोजेको भनी मन पोलेको हो र !

बुधबार, १८ फागुन २०७८, १२ : २७
बुधबार, १८ फागुन २०७८

नेकपा एमालेका नेता भीम रावलले संसदमा एमसीसीको विरुद्ध बोल्दा पार्टी नेतृत्वले असन्तुष्टि पोखेको भन्दै असन्तुष्टि जनाएका छन् । नेता रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै असन्तुष्टि पोखेका हुन् ।

रावलले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफुले संसदमा राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्य अनुरुप संसदमा बोलेको बताउँदै हिरो हुन नखोजेको बताएका छन् । उनले भनेका छन्: ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ ।’

रावलले देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि हुने बताउँदै भनेका  छन्: ‘देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।’ प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन हुनेक्रममा रावलले चर्को असन्तुष्टि पोखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप