शिल्पाले सुरु गरिन् फिल्म ‘सुखी’ को छायाङ्कन
बुधबार, १८ फागुन २०७८, १६ : ४८
अभिनेत्री शिल्पा शेट्टी कुन्द्राले फिल्म ‘सुखी’ को सुटिङ सुरु गरेकी छन् । शिवरात्रिको अवसर पारेर मंगलबारबाट फिल्मको सुटिङ सुरु भएको हो । ‘शेरनी’, ‘छोरी’ र ‘जलसा’ जस्ता समीक्षकबाट तारिफ पाउन सफल फिल्मका निर्माता भुषणकुमार र अबुदन्तिया इन्टरटेनमेन्टले मिलेर फिल्म बनाउन लागेका हुन् । फिल्म निर्माणमा टीसीरीज समेत जोडिएको छ ।
फिल्मको निर्देशन सोनल जोशीले गर्दैछन् । जोशी यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । रोमान्टिक बिषयमा फिल्म निर्माण हुन लागेको हो । फिल्ममा शिल्पाको मुख्य भूमिका छ । पन्जाबबाट छायाङ्कन सुरु भएको फिल्मको निर्माता भुषणकुमार, कृष्णकुमार, बिक्रम मल्होत्रा र शिखा शर्मा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण