एमसीसीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा ठूलो क्षति गर्यो : डा. भट्टराई
नेकपा (एमाले) विदेश विभाग प्रमुख डा. राजन भट्टराईले एमसीसीको विषयमा नेपालका नेताहरुले अपरिपक्व व्यवहार देखाएको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले एमसीसीका कारणले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा भएको क्षति नियन्त्रण गर्न निकै समय लाग्ने स्पष्ट पारेका हुन् ।
उनले भने,‘एमसीसीबारे राजनीति धेरै गिजोलियो, एमसीसीपारित भएपछि हाम्रो पार्टीको धारणा आइसकेको छ । हामी सरकारमा हुँदा अघिल्लो सरकारले गरेको सम्झौतालाई निरन्तरता दिन अघि बढाएका थियौं, तर त्यतिबेला पनि यसलाई गिजोल्ने काम भयो । वैदेशिक सम्बन्धको विषयमा यो तहको विवाद भएको नेपालमा पहिलोपटक हो ।’ नेता भट्टराईले एमसीसीको विरोध गर्दागर्दै समर्थन गरेको भन्दै आश्चर्य प्रकट गरे ।
कुटनीतिज्ञ तथा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले नेपालका सबै वामपन्थीहरु मिलेर काँग्रेसलाई पराजितगर्नुपर्ने टिप्पणी गरेका छन् । राजनीतिमा स्थायीमित्र र स्थायीशत्रु नहुने भन्दै उनले वामपन्थीहरु मिलेर अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनको पार्टीलाई हराउनुपर्ने टिप्पणी गरे । उनले भने,‘एमसीसी फेल गर्नु पर्दथियो । राजनीतिमा स्थायी मित्र र स्थायीशत्रु हुँदैन । सबै वाममिलेर देउवालाई हराउनुपर्छ ।’ राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले एमसीसी पनि महाकाली जस्तै कहिल्यै कार्यान्वयन नहुने दाबी गरे । उनले एमसीसीमा भारतको पनि सहमति आवश्यक रहेको उल्लेख गर्दै भोलि भारतले स्विकृति नदिए के हुन्छ भन्ने प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
-
नेपालको बीमा बजारको आकार १० खर्ब नाघ्यो, ५१ प्रतिशत जनसङ्ख्यामा पहुँच
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण