बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्राध्यापकको परीक्षा प्रभावित भए जस्तोसुकै कदम चाल्ने अनेरास्ववियुको चेतावनी

बिहीबार, १९ फागुन २०७८, १२ : २५
बिहीबार, १९ फागुन २०७८

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय गतिविधि नियमित सञ्चालन गर्न ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै त्रिविको विभिन्न निकायमा र त्रिवि सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिबाट तुरुन्त खुल्ला गर्न ध्यानाकर्षण गराएकी हुन् । 

कार्यरत आंशिक शिक्षकहरूबाट नै तालाबन्दी गरेर योग्य शिक्षकलाई विश्वविद्यालयमा प्रवेश गर्न अवरोध गर्ने कार्य शैक्षिक अराजकताको पराकाष्ठा भएको बरालको भनाइ छ । स्वच्छ र मर्यादितरूपमा आयोगको परीक्षा सञ्चालन गर्ने वातावरण बनाउन अनेरास्ववियुले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उनले बताइन् । 

प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संघ–संगठनहरूलाई समेत भयरहित वातावरणको निर्माणका लागि जिम्मेवार बन्न बरालको आग्रह छ । कथमकदाचित आयोगको परीक्षा प्रभावित गरेमा वा स्थगित गरेमा अनेरास्ववियु जस्तोसुकै कदम चाल्न पनि पछाडि नपर्ने उनको चेतावनी छ ।

अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लामो समयदेखि तालाबन्दी गरेर उपप्राध्यापक पदका लागि लिइने परीक्षालाई प्रभावित गर्ने केही समूह लागि परेको पनि जनाएको छ । सर्वोच्च अदालतको निर्देशन बमोजिम त्रिवि सेवा आयोगले उपप्राध्यापकका लागि लिखित परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप