उपप्राध्यापकको परीक्षा प्रभावित भए जस्तोसुकै कदम चाल्ने अनेरास्ववियुको चेतावनी
नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय गतिविधि नियमित सञ्चालन गर्न ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै त्रिविको विभिन्न निकायमा र त्रिवि सेवा आयोगमा लगाइएको ताला वार्ता र सहमतिबाट तुरुन्त खुल्ला गर्न ध्यानाकर्षण गराएकी हुन् ।
कार्यरत आंशिक शिक्षकहरूबाट नै तालाबन्दी गरेर योग्य शिक्षकलाई विश्वविद्यालयमा प्रवेश गर्न अवरोध गर्ने कार्य शैक्षिक अराजकताको पराकाष्ठा भएको बरालको भनाइ छ । स्वच्छ र मर्यादितरूपमा आयोगको परीक्षा सञ्चालन गर्ने वातावरण बनाउन अनेरास्ववियुले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको उनले बताइन् ।
प्राध्यापक, कर्मचारी तथा विद्यार्थी संघ–संगठनहरूलाई समेत भयरहित वातावरणको निर्माणका लागि जिम्मेवार बन्न बरालको आग्रह छ । कथमकदाचित आयोगको परीक्षा प्रभावित गरेमा वा स्थगित गरेमा अनेरास्ववियु जस्तोसुकै कदम चाल्न पनि पछाडि नपर्ने उनको चेतावनी छ ।
अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लामो समयदेखि तालाबन्दी गरेर उपप्राध्यापक पदका लागि लिइने परीक्षालाई प्रभावित गर्ने केही समूह लागि परेको पनि जनाएको छ । सर्वोच्च अदालतको निर्देशन बमोजिम त्रिवि सेवा आयोगले उपप्राध्यापकका लागि लिखित परीक्षा तालिका समेत सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण