सरकारसँग स्पष्ट नीति नहुँदा घरजग्गाको मूल्यवृद्धि भयो
घरजग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घरजग्गा व्यवसायीले बताएका छन् । घरजग्गा व्यवसायीले जग्गाको पल्टिङभन्दा अरु कुनै विषयमा ज्ञान नभएकाले नीतिगत रुपमा समस्या आएको बताएका हुन् ।
व्यवसायीले सरकारको नीतिगत कमजोरीका कारण घरजग्गाको कुनै जानकारी नभएकाको हातमा पुगेको बताए । नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए)का अध्यक्ष इच्छाबहादुर वाग्लेले घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीतिगत व्यवस्था नभएको बताए । वाग्लेले बिहिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको बताएका हुन् । सरकारसँग स्पष्ट नीति नभएकाले घरजग्गाको कारोबार योजना अनुसार हुन नसकेको भन्दै उनले पुरानै शैलीमा काम हुँदा घरजग्गाको मूल्य उच्च भएको अध्यक्ष बताए । उनले सरकारले नीजि क्षेत्रलाई योजना बनाउन दिए घर जग्गाको मूल्यवृद्धि २० प्रतिशत भन्दा बढी नहुने बताए ।
उनले भने,‘ घरजग्गा कारोबारको लागि केन्द्री सरकार तथा स्थानीय तहका सरकारहरुसँग स्पष्ट नीति छैन । स्पष्ट नीति भएपछि व्यवसायीहरुले नीति अनुसार काम गर्छ । २२ देखि २५ वटा योजना भनाउने हो बजारमा जग्गाको मूल्य यसरी उच्च हुन् थिएन । मूल्य बढ्ने भनेको १० देखि २० प्रतिशतले मात्र हो ।’
यस्तै वाग्लेले घरजग्गामा बैंकहरुको पनि लगानी रहेकाले कारोबारमा कडाई गर्दा व्यवसायी मात्रै नभएर बैंकहरू पनि डुब्ने बताए । उनले बैंकहरुले ८ प्रतिशतमा झरेको ब्याजदर बढाएर १० प्रतिशतभन्दा माथि पुर्याउँदा व्यवसायीलाई समस्या भएको बताए । उनले बैंकहरुले वार्षिक रुपमा ५ अर्ब नाफा गरेर व्यवसायी मार्ने काम गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण