शेर्पा समाज मकाउले मनायो २१४९ औँ ‘ग्याल्पो ल्होसार’
रोजगारीका लागि मकाउ पुगेका नेपालीहरूले २१४९ औ ‘छु फो ताक लो’ (जल पुरुष बाघ वर्ष) ग्याल्पो ल्होसार मनाएका छन् । शेर्पा समाज मकाउको आयोजनामा ‘पोन्टे–१६ सोफिटेल होटेल’ मकाउकमा एक विशेष कार्यक्रमका साथ ग्याल्पो ल्होसार मनाइएको हो ।
समाजका अध्यक्ष ङवाङ गेल्जे शेर्पासहित आदीबासी जनजाती महासंघ (नेफिन) मकाउका अध्यक्ष भीम कुमार राई र गैर आवाशीय नेपाली संघ मकाउका महासचिव उत्तम गुरुङको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको समाजकी उपाध्यक्ष गीता शेर्पा मंगरले रातोपाटीलाई बताइन् । शेर्पा सेब्रु नृत्यसहित विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथ सम्पन्न कार्यक्रममा आयोजकले कलाकारहरूका लागि प्रशंसा–पत्रसहित सम्मान गरेको थियो ।
कार्यक्रममा गुरुङ तमु समाज मकाउ अध्यक्ष लिल बहादुर गुरुङ र सचिब भिम बहादुर गुरुङ, तामाङ घेदुङ संघ मकाउ बरिष्ठ उपाध्यक्ष रोजन लामा, किरांत राई यायोख्ख मकाउका अध्यक्ष राकेश राई, किराँत याक्थुम चुम्लुङ मकाउ अध्यक्ष चण्डी योङ्या, मगर संघ मकाउका उपाध्यक्ष नन्द पुलामी, हेल्पिङ हेन्डस् मकाउका कार्यबहाक अध्यक्ष कुल बहादुर तामाङ, नेपाली समाज मकाउका अध्यक्ष युवराज न्यौपाने, हिमालयन ट्रेड मकाउका व्यवसायी रुस्तम श्रेष्ठ लगाएत मकाउमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिको विशेष उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण