भैरव अर्याल स्मृति पुरस्कार उप्रेतीलाई
साहित्य सङ्गम मकवानपुर तथा सिस्नुपानी मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको भैरव अर्याल स्मृति सम्मान यस वर्ष भक्तपुरकी हास्यव्यङ्ग्य कवि हरिकला उप्रेतीलाई आज हेटौँडामा प्रदान गरिएको छ ।
भैरव अर्यालका परिवारले स्थापना गरेको पुरस्कारको राशि २१ हजार १११ रहेको छ । साहित्य सङ्गम मकवानपुर र सिस्नुपानी मकवानपुरद्वारा आयोजित समारोहमा प्रमुख अतिथि हास्यव्यङ्ग्यकार लक्ष्मण गाम्नाङ्गले कवि उपे्रतीलाई नगदसहित सम्मानपत्र प्रदान गरे ।
सम्मानित हुने हास्यव्यङ्ग्य कवि तथा निबन्धकार उप्रेतीको तीनवटा कृति प्रकाशित भइसकेको छ । मकवानपुरका कवि मीनप्रसाद लामिछानेको हास्यव्यङ्ग्य कविता सङ्ग्रह पनि विमोचन गरिएको थियो । हेटौँडास्थित पुष्पलाल पुस्तकालयमा भएको कार्यक्रम सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछानेको अध्यक्षतामा भएको थियो ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपाने, सर्जक सञ्जालका अध्यक्ष निमेख निखिल र कार्यक्रम समीक्षक घनश्याम घिमिरेले स्व भैरव अर्यालको व्यक्तित्व र कृतिबारे समीक्षा गरेका थिए । कार्यक्रममा स्व अर्यालको प्रतिमामा माल्यापर्ण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण