एमाले फेरि ठुलो पार्टी बन्छ : रघुवीर महासेठ
नेकपा एमालेका सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा एमाले फेरि देशको ठुलो पार्टी बन्ने दाबी गरेका छन् । नेता महासेठले एमाले ठुलो दल बनेपछि तराई मधेश समृद्धि कार्यक्रमलाई निरन्तरता दिने समेत बताए । उनले तराई मधेस समृद्धिको कार्यक्रमलाई तत्कालीन एमाले सरकारले अघि बढाए पनि वर्तमान सरकारले बेवास्ता गरेको बताए ।
एमाले नगराइन नगरपालिका अधिवेशनलाई सम्बोधन गर्दै उनले आगामी दिनमा एमालेले तराई मधेशको समृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने दाबी समेत गरे । सचिव महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्न खोजेको आरोप लगाए ।
अर्को एक प्रसंगमा उनले रुस–युक्रेन युद्धका क्रममा सरकारले युक्रेनको पक्षमा बोलेकोप्रति आपत्ति समेत जनाए । कार्यक्रममा प्रतिनिधिसभाकी सांसद तथा नेकपा एमाले नेतृ जुली महतोले जनताका लागि काम गर्न सक्ने उम्मेदवारलाई जिताउन आग्रह गरिन् । नेता रामबाबु पजियारको अध्यक्षतामा भएको अधिवेशनमा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, बटेश्वरका गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत, मिथिला बिहारी नगरपालिका मेयर अनिल यादव लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण