मिर्गौला रोगीले शनिबार नर्भिकमा फ्री ओपीडी सेवा पाउने
फागुन २१ गते शनिवार(भोलि) नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । शनिबार प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो ।
केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म २ घण्टा) संचालन हुने अस्पतालले जनाएको छ । ओपीडीमा मिर्गौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिन सक्नेछन् ।
निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने जनाइएको छ ।
कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान गत सातादेखि पुनः सुरु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण