न्यूरोडबाट फकाएर लगेर नयाँ बसपार्कमा १४ वर्षीया बालिकालाई बलात्कार
२२ वर्षीय युवक पक्राउ
शुक्रबार, २० फागुन २०७८, १४ : ११
काठमाडौंको न्यूरोडबाट फकाएर लगेर एकजना युवकले १४ वर्षीया बालिकालाई बलात्कार गरेका छन् । फागुन १७ मा बालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय अपराध महाशाखाले सिन्धुली घर भएका रोहित विकलाई शुक्रबार पक्राउ गरेको छ । रोहित न्यूरोडस्थित मोबाइल पसलमा काम गर्थे ।
उनले बालिकालाई फकाएर नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
सिन्धुलीको तीनथाना गाउँपालिका–३ घर भएका रोहित २२ वर्षका छन् । बालिकाका परिवारले उनीविरुद्ध महानगरीय प्रहरी वृत्त जनसेवामा उजुरी दिएका छन् । थप अनुसन्धानका लागी आरोपीलाई वृत्त जनसेवामा पठाइएको एसपी कोइरालाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण