‘प्लेन अपहरण’ संलग्न डिबी लामाको निधनप्रति देउवाद्वारा दुःख व्यक्त
शुक्रबार, २० फागुन २०७८, १७ : १३
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डिबी लामाको निधनप्रति दुःख व्यक्त गरेका छन् । शुक्रबार काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्ति जारी गरी लामाको निधनमा सभापति देउवाले दुःख व्यक्त गरेको जनाएका हुन् ।
ललितपुरको सानेपा निवासी ७१ वर्षीय लामाको फागुन १७ गते आफ्नै निवासमा निधन भएको थियो । आज बिहान १० बजे लामाको वैदिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।पौडेलका अनुसार स्वर्गीय लामा २०२८ सालदेखि काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाको सहयोगी थिए ।
२०३० सालको प्लेन अपहरण काण्डमा भारततर्फ बसेर लामाले महत्वपूर्ण भूमिका निर्वाह गरेको काँग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण