यस्तो छ कोरियन गायिका बाइ सुजीको 'डाइट प्लान'
जाडोको बिदाईसँगै गर्मीको मौसम सुरु भइसकेको छ । गर्मीको सुरुवातसँगै फिटनेसको रुटिनलाई पछ्याउनेको संख्या पनि बढिरहेको छ । हामी सबैका लागि अभ्यास र डाइट अत्यावश्यक छ । कोरियाका अभिनेत्रीहरु हालका दिनमा ओटीटी प्लेटफर्म र सामाजिक सञ्जालमा निकै छाइरहेका छन् । कोरियन शोहरुको माग बढ्दो छ । कोरियन महिला सेलिब्रेटीहरु सुन्दरता र फिटनेसमा उत्तिकै ध्यान दिन्छन् । यहाँ केही लोकप्रिय कोरियन गायिकाहरूको डाइटको बारेमा प्रस्तुत गरिएको छ ।
फिल्म ‘आर्किटेक्चर १०१’ की अभिनेत्री तथा गायिका बाइ सु—जी उर्फ बाइ सुजीलाई आफ्नो सुन्दरताका लागि ‘नेसन्स फस्र्ट लभ’को उपाधि दिइएको छ । यो उपाधि उनले आफ्नो वजन घटाएवापत पाएकी हुन् । उनी नास्तामा एक गुलियो आलु, चिकन ब्रेस्ट र कम फ्याटवाला दुध खान्छिन् । खानामा ब्राउन चामल र सलाद खान्छिन् र डिनरमा दुई गुलियो आलु खान्छिन् ।
ली जी—उन उर्फ आइयू कोरियाकी अर्की चर्चित गायिका हुन् । जब आइयू पहिलोपटक टेलिभिजनमा देखिएकी थिइन्, उनको शरीर निकै मोटो थियो । उनले आफ्नो करियरको सुरुवात १५ वर्षको उमेरमा गरेकी थिइन् । मोटो शरीरलाई घटाउनका लागि उनले स्ट्रिक्ट डाइट फलो गरिन् ।
आइयूको डाइटको कुरा गर्दा उनी नास्तामा एक स्याउ खान्छिन् । लञ्चमा एक गुलियो आलु र डिनरमा एक कप प्रोटीन शेक खान्छिन् । उनी यति खानेकुरा खाएर दिनभर काम गर्न सक्छिन् ।
डाभिची पप डुओकी गायिका काङ मिन—क्युङ पनि फिटनेसका लागि लोकप्रिय छिन् । उनलाई पेस्ट्रीज निकै मनपर्छ । यहीकारण आफ्नो करियरको सुरुवातमा उनी निकै मोटी थिइन् । आफूलाई पहिलोपटक टेलिभिजनमा देख्दा आफैं चकित भएपछि उनले डाइट सुरु गर्ने निर्णय लिइन् ।
उनको डाइट निकै साधारण छ । उनी नास्तामा एक गुलियो आलु, एक कप कम फ्याटवाला दुध र चिकन ब्रेस्ट सलाद लिन्छिन् । लञ्चमा एक स्याउ र दुई गुलियो आलु खान्छिन् तथा डिनरमा एक कप लो फ्याट मिल्क, तीन चेरी, टमाटर र एक गुलियो आलु लिन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रममन्त्रीको दाबी, ‘वैदेशिक रोजगारी सुरक्षित बनाउन युद्धस्तरमा काम गरिरहेका छौँ’
-
१११ जनालाई केन्द्रीय सदस्य बनाउने र सदस्यता अध्यावधिक नगर्ने विषय स्वीकार्न सकिन्न : गगन थापा
-
सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन र विपद् पूर्वतयारीबारे जानकारी गराउन सभामुखको निर्देशन
-
युक्रेन युद्ध अन्त्यका लागि सहयोग गर्ने ट्रम्पको प्रस्ताव, पुटिनसँग ९० मिनेट वार्ता
-
मेक्सिकोविरुद्धको विजय इंग्ल्यान्डको इतिहासका उत्कृष्ट नतिजामध्ये एक हो त ?
-
कर्णालीका दुर्घटनामा सरकारको उद्धार संयन्त्रमाथि प्रश्न, प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण