नेटफ्लिक्समा कपिलको कार्यकर्मको दोस्रो सिजन चाँडै आउने
हालै मात्र हास्य कलाकार तथा होस्ट कपिल शर्माले डिजिटल प्लेटफर्ममा आफ्नो शुरुवात गरेका थिए । झण्डै एक घण्टाको स्ट्याण्डअप कमेडी शो ‘कपिल शर्मा आइ एम नट डन येट’ मा हास्य कलाकारले आफ्नो जीवनका यस्ता धेरै कथाहरु सेयर गरेका छन् । यो कुरा सुनेपछि उनले आफ्ना फ्यानहरुबाट निकै प्रशंसा कमाएका थिए। अब फ्यानहरुले कपिलको शोको सिजन २ ले छिट्टै नै हेर्न पाउने भएका छन् । यो कुरा नेटफ्लिक्सकी सिरिज प्रमुख तान्या बामी आफैले पुष्टि गरेकी हुन् ।
हालै दैनिक भास्करसँगको कुराकानीमा तान्याले भनिन्, ‘कपिल शर्माको शोले जसरी प्रतिक्रिया पायो, त्यो साँच्चिकै हाम्रा लागि निकै सकारात्मक थियो । म र हाम्रो टिमलाई विश्वास छ, उद्योगमा केही कलाकारहरु छन् जो भगवानको उपहार हुन्, तीमध्ये एक हुन् कपिल शर्मा । दर्शकमाझ उहाँको आकर्षण उल्लेखनीय छ। दर्शकसामु आफ्नो जीवनको सत्यता बताएका कारण मानिसहरूलाई आकर्षित गर्न सफल हुननुभयो । मानिसहरूले उहाँको कार्यक्रमबाट निकै आनन्द उठाए । यी कारणले गर्दा नै हामी उहाँलाई पर्दामा फर्काउन चाहन्छौँ ।’
उनले थपिन्, ‘कपिलका लागि पनि यो एउटा नयाँ अनुभव थियो । आफूलाई जिस्क्याउनु उनको लागि नौलो कुरा थिएन । तर, आफ्नो जीवनको सत्यलाई दर्शकमाझ लैजान सजिलो थिएन । उनले यस कार्यक्रमको लागि निकै मेहनत गरे। अर्को सिजनको लागि कुराकानी जारी छ र चाँडै नै हामी कपिलसँग यस शोसँग सम्बन्धित थप घोषणा गर्नेछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण