मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेसको उपाधि महतरालाई

शनिबार, २१ फागुन २०७८, २० : ३६
शनिबार, २१ फागुन २०७८

दोस्रो लिस्तिकोट दुगुनागढी माउण्टेन ट्रेल रेसको उपाधि त्रिभुवन आर्मी क्लबका देवराज महतराले जितेका छन् ।

खुलातर्फको प्रतियोगितामा महतराले २ घण्टा १४ मिनेट ३० सेकेण्डमा साढे चौवीस किलोमिटरको दूरी पार गरेर उनी पहिलो भएका हुन् । ११८ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि तिजेका महतराले रु एक लाख दस हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगितामा २ घण्टा १६ मिनेट १० सेकेण्डमा निर्धारित दूरी पार गरेर त्रिभुवन आर्मी क्लबकै श्रीकास राई दोस्रो भए । उनले ७५ हजार नगद पुरस्कार पाए भने तेस्रो सोलुखुम्बुका सुमन कलुङले २ घण्टा २१ मिनेटमा निर्धारित दुरी पार गरेर तेस्रो भए । उनले रु ५५ हजार पुरस्कार प्राप्त गरे । चौथो, पाँचौँ र छैटौँ हुन सफल भीमबहादुर गुरुङ, राजेन्द्र राई, र याङदेव राईले क्रमशः ४० हजार ३० हजार र २० हजार नगद पुरस्कार जित्न सफल भए ।

त्यस्तै महिलातर्फ सिन्धुपाल्चोकी नितु तामाङ प्रथम हुन सफल भएकी हुन् । तामाङले ३ घण्टा १७ मिनेटमा निर्धारित दुरी पार गरि रु ६० हजार नगद पुरस्कार जितिन् । दोस्रो र तेस्रो क्रमशः सिन्धुपाल्चोककै भगवती खत्री र दोलखाकी पासाडिकी शेर्पाले ३५ हजार र २० हजार पुरस्कार पाए ।

जिल्लातर्फ गणेशसिं ठकुरी, राहुल तामाङ र श्यामकुमार तामाङ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनु भएको छ । उनीहरूले क्रमशः ः३० हजार २० हजार र १५ हजार पुरस्कार पाए । जिल्ला न्यायाधिस चन्द्रप्रकाश तिवारी, श्री नम्बर २६ का सहायक रथी ज्योतिन्द्र महत, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल र भोटेकासी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले विजेताहरूलाई पुरस्कार वितरण गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप