बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

महोत्तरी काँग्रेस  सभापतिमा नागेश्वर यादव

आइतबार, २२ फागुन २०७८, ०७ : ४१
आइतबार, २२ फागुन २०७८

नेपाली काँग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी भएका छन् । शनिबार घोषित मतपरिणामानुसार उनलाई  दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाएका थिए । 

विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गरेका थिए । काँग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्राप्त गर्नेलाई विजयी घोषणा गरिएको निर्वाचन समितिका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

काँग्रेसको १४औँ महाधिवेशन क्रममा यसअघि बिभिन्न कारणले अल्झदै आएको जिल्ला अधिवेशनको मतदान शुक्रबार सम्पन्न भएको हो । मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेका निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए। सभापतिमा विजयी नागेश्वर पञ्चायतकालदेखि नै काँग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय रहँदै आएका हुन् । यसअघि नेपाल विद्यार्थी सङ्घको बिभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसकेका उनी दलको १३औँ महाधिवेशनमा पनि जिल्ला सभापतिका उमेदवार थिए । उनी जिल्लाको लोहारपट्टी नगरपालिकाको मधपुराका स्थायी बासिन्दा हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप