स्वर्गीय लता मङ्गेश्करको सम्झनामा कार्यक्रम
स्वर्गीय लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । डीएभी शुशील केडिया विश्व भारती विद्यालयका नेपाली साङ्गीतिक क्षेत्रका व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुले उक्त श्रद्धाञ्जली कार्यक्रम गरेको हो । कार्यक्रममा लताको वृत्तचित्र प्रदर्शन गरिएको थियो । नेपाली साङ्गीतिक क्षेत्रकी गायिका मनिला सोताङ्ग र बबिता मानन्धरले लताप्रति समर्पित साङ्गीतिक प्रस्तुती दिएका थिए ।
साथै, विद्यालयका अध्यक्ष अनिल केडियाले लता भारतमा मात्र नभएर विश्वमै एक उत्कृष्ट गायिकाको रुपमा स्थापित रहेको बताए । त्यस्तै विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले लता स्वरको माध्यमबाट विश्व समुदायलाई प्रेम र विश्वासमा आबद्ध गर्न सफल भएको बताइन् । उनले लतालाई एक साङ्गीतिक विश्वविद्यालयको रुपमा चर्चा गरेकी थिइन् ।
कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए । साथै, कार्यक्रममा नेपाल– भारत मैत्री समाज सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति थियो । विद्यालयले स्वर्गीय गायिकाको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार
-
सभामुख अर्यालद्वारा शुक्लाफाँटा निकुञ्जको अवलोकन
-
कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित
-
विश्व वातावरण दिवसमा बिरुवा रोपिए
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण