मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

स्वर्गीय लता मङ्गेश्करको सम्झनामा कार्यक्रम

आइतबार, २२ फागुन २०७८, १३ : ०३
आइतबार, २२ फागुन २०७८

स्वर्गीय लता मङ्गेश्करको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । डीएभी शुशील केडिया विश्व भारती विद्यालयका नेपाली साङ्गीतिक क्षेत्रका व्यक्तित्व, अभिभावक र विद्यार्थीहरुले उक्त श्रद्धाञ्जली कार्यक्रम गरेको हो । कार्यक्रममा लताको वृत्तचित्र प्रदर्शन गरिएको थियो । नेपाली साङ्गीतिक क्षेत्रकी गायिका मनिला सोताङ्ग र बबिता मानन्धरले लताप्रति समर्पित साङ्गीतिक प्रस्तुती दिएका थिए । 

साथै, विद्यालयका अध्यक्ष अनिल केडियाले लता भारतमा मात्र नभएर विश्वमै एक उत्कृष्ट गायिकाको रुपमा स्थापित रहेको बताए । त्यस्तै विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले लता स्वरको माध्यमबाट विश्व समुदायलाई प्रेम र विश्वासमा आबद्ध गर्न सफल भएको बताइन् । उनले लतालाई एक साङ्गीतिक विश्वविद्यालयको रुपमा चर्चा गरेकी थिइन् । 

कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए । साथै, कार्यक्रममा नेपाल– भारत मैत्री समाज सम्बद्ध व्यक्तित्वहरुको उपस्थिति थियो । विद्यालयले स्वर्गीय गायिकाको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप