सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बिरयानी अड्डा तेस्रो वर्षमा

आइतबार, २२ फागुन २०७८, १४ : ०२
आइतबार, २२ फागुन २०७८

कोभिड–१९ संक्रमणको पहिलो लहर शुरु हुनुभन्दा केही दिनअघि शुरु भएको ‘बिरयानी अड्डा’ ले आफ्नो स्थापनाको दुई वर्ष पुरा गरेको छ । स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा सो चेन रेष्टुरेन्टले आफ्नो वार्षिकोत्सव मनाएको छ ।
बिरयानी अड्डा काठमाडौंको मध्य बानेश्वरबाट शुरु भएको थियो । युरोप र गल्फमा बसेर फर्किएका चार जना युवाहरुले सो रेष्टुरेण्ट व्यवसाय सञ्चालनमा ल्याएका हुन् । मध्य बानेश्वरमा बिरयानी अड्डा शुरु गरेको ११ औं दिनमा लकडाउन भएसँगै ‘होम डेलिभरी’ लाई केन्द्रमा राखेर व्यवसायलाई निरन्तरता दिएको लगानीकर्ता मध्येका रविन पाण्डेले रातोपाटीलाई बताए ।

बिरयानी र भारतीय स्वादका परिकार चाख्न पाइने सो अड्डामा नेपाली क्लासिक खाना पनि पाइन्छ ।  मध्य बानेश्वर, बालुवाटार र पेप्सीकोलास्थित मनोहरामा बिरयानी अड्डाले आफ्नो शाखा विस्तार गरेको छ । ३ वटा शाखामा ८२ जनालाई रोजगारी दिएको बताउँछन् सञ्चालक मध्येका राजन खनाल । खनाल भन्छन्– ‘कोभिड–१९ संक्रमणको बाबजुद शाखा विस्तार गर्दा नाफा कमाउन नसकेपनि सन्तुष्टि मिलेको छ ।’

अड्डामा भक्तपुरमा पाइने माटोको भाँडामा विरयानी पाक्छ । युवा व्यवसायीले व्यवसायको नारा बनाएका छन्–‘देशले ठुलो गफ हैन, विदेशबाट फर्केको हर्के दाइको सीप खोज्दैछ ।’ ५ वर्षभित्र काठमाडौंमा ८ र काठमाडौंबाहिर १४ वटा बिरयानी अड्डाको शाखा विस्तार गर्ने सञ्चालकहरुको तयारी छ ।

भक्तपुर घर भएका राजन खनाल, रामेछापका नवराज कार्की र दोलखाका रविन पाण्डेसहित ४ जना मिलेर सो चेन रेष्टुरेण्ट शुरु गरेका हुन् । ‘होम डेलिभरी’का लागि बिरयानी अड्डाबाट चारजना राइडर खटिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप