बिरयानी अड्डा तेस्रो वर्षमा
कोभिड–१९ संक्रमणको पहिलो लहर शुरु हुनुभन्दा केही दिनअघि शुरु भएको ‘बिरयानी अड्डा’ ले आफ्नो स्थापनाको दुई वर्ष पुरा गरेको छ । स्थापनाको दुई वर्ष पुरा भएको अवसरमा सो चेन रेष्टुरेन्टले आफ्नो वार्षिकोत्सव मनाएको छ ।
बिरयानी अड्डा काठमाडौंको मध्य बानेश्वरबाट शुरु भएको थियो । युरोप र गल्फमा बसेर फर्किएका चार जना युवाहरुले सो रेष्टुरेण्ट व्यवसाय सञ्चालनमा ल्याएका हुन् । मध्य बानेश्वरमा बिरयानी अड्डा शुरु गरेको ११ औं दिनमा लकडाउन भएसँगै ‘होम डेलिभरी’ लाई केन्द्रमा राखेर व्यवसायलाई निरन्तरता दिएको लगानीकर्ता मध्येका रविन पाण्डेले रातोपाटीलाई बताए ।
बिरयानी र भारतीय स्वादका परिकार चाख्न पाइने सो अड्डामा नेपाली क्लासिक खाना पनि पाइन्छ । मध्य बानेश्वर, बालुवाटार र पेप्सीकोलास्थित मनोहरामा बिरयानी अड्डाले आफ्नो शाखा विस्तार गरेको छ । ३ वटा शाखामा ८२ जनालाई रोजगारी दिएको बताउँछन् सञ्चालक मध्येका राजन खनाल । खनाल भन्छन्– ‘कोभिड–१९ संक्रमणको बाबजुद शाखा विस्तार गर्दा नाफा कमाउन नसकेपनि सन्तुष्टि मिलेको छ ।’
अड्डामा भक्तपुरमा पाइने माटोको भाँडामा विरयानी पाक्छ । युवा व्यवसायीले व्यवसायको नारा बनाएका छन्–‘देशले ठुलो गफ हैन, विदेशबाट फर्केको हर्के दाइको सीप खोज्दैछ ।’ ५ वर्षभित्र काठमाडौंमा ८ र काठमाडौंबाहिर १४ वटा बिरयानी अड्डाको शाखा विस्तार गर्ने सञ्चालकहरुको तयारी छ ।
भक्तपुर घर भएका राजन खनाल, रामेछापका नवराज कार्की र दोलखाका रविन पाण्डेसहित ४ जना मिलेर सो चेन रेष्टुरेण्ट शुरु गरेका हुन् । ‘होम डेलिभरी’का लागि बिरयानी अड्डाबाट चारजना राइडर खटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण