खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु
मङ्गलबार, ०५ मङ्सिर २०७४, १० : १०
सिरहा - सिरहाको कलियानपुर नगरपालिकामा श्रीमानले श्रीमतीको खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।
घरायसी बिवाद बढ्दै जाँदा घटना भएको प्रहरीले रातोपाटीलाई बतायो ।
मंगलबार बिहान ४ बजेतिर कलियानपुर नगरपालिका ६ निवासी मोहमद ओली राइनले खुकुरी प्रहार गरि आफ्नी श्रीमतीको हत्या गरेका हुन् ।
३० बर्षकी श्रीमती समिला खातुनको घाँटीमा मोहमद ओली राइनले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी सिरहाले जनायो ।
खुकुरी प्रहारबाट गम्भीर घाइते खातुनको उपचारको लागि कर्जनहा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए ।
श्रीमतीको हत्या गर्ने राइन फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
-
कांग्रेस बैठकको निष्कर्ष– ‘सरकार र सभामुखको मिलेमतोमा रविलाई संसद्मा बोल्न दिइएन’
-
दिल्लीका कप्तान पन्तलाई प्रतिबन्ध
-
पर्यटनका दुई सूत्र : तीन ढोका, नौ चाबी
-
न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षका लागि ६ जनाको उम्मेदवारी
-
अन्तरपालिका स्तरीय महिला भलिबलको उपाधि सुन्दरहरैँचालाई