आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाह प्रकरण : पीडकको ‘मतियार’लाई कारबाही गर्न गृहमन्त्रीसँग महिला सांसदहरूको माग

आइतबार, २२ फागुन २०७८, १६ : ५५
आइतबार, २२ फागुन २०७८

नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहको पक्षमा अभियान चलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन महिला सांसदहरूले गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् । काँग्रेस सांसद डिना उपाध्याय महालक्ष्मी, रंगमति शाही, एमाले सांसद बिन्दा पाण्डे लगायत आइतबार मन्त्रालय नै पुगेर गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

पीडितलाई थप पिडा दिने गरी पीडकको पक्षमा भ्रामक अभियान चलाउनेलाई कारबाहीको दायरामा ल्याउन आफूहरूले गृहमन्त्रीसमक्ष माग गरेको सांसद पाण्डेले रातोपाटीलाई जानकारी दिइन् । पल शाह प्रकरणमा विशेष गरेर सामाजिक सञ्जाललगायत युट्युब च्यानलहरू मार्फत नाबालिगको परिचय खुल्ने गरी भ्रामक सामग्रीहरू प्रकाशित गरिएका थिए । शाह थुनामा रहेको तनहुँ जिल्ला प्रहरी कार्यालय अगाडि युट्युबरहरुको भिड नै लागेर आपत्तिजनक सामग्रीहरू प्रसारण भएपछि प्रेस काउन्सिल, नेपाल प्रहरीको साइबर ब्युरो, गृह मन्त्रालयसमेतले कारबाहीको चेतावनी दिँदै विज्ञप्ति नै जारी गरेको थियो ।

पल प्रकरणका साथै नागरिकता विधेयकलाई चाँडै टुङ्गोमा पुर्‍याउन, भिजिट भिसामा महिलालाई विभेद हुने गरिएको प्रावधान सच्याउनुका साथै स्थानीय तहको निर्वाचनमा कानुनी व्यवस्थाअनुसार समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्न पनि महिला सांसदहरूको माग रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप