वन फडानी गरी मेडिकल कलेज नबनाउन सर्वोच्चको आदेश
महोत्तरीको बर्दिबासमा मेडिकल कलेजको स्थापना गर्नका लागि आन्तरिक तयारी भइरहेका बेला संघीय सरकारको योजना असफल भएको छ । सर्वोच्च अदालतले वन अतिक्रमण गरी बर्दिवास मेडिकल कलेज स्थापना नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा बर्दिवास मेडिकल कलेज खोल्न प्रस्तावित वन क्षेत्रको जग्गामा रहेका सम्पदामा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्न, नगराउन भनिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर देवनारायण मण्डलले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले दिएको अन्तरिम आदेश अनुसार वन सम्पदामा प्रतिकूल असर पर्ने कुनै कार्य नगर्नु/नगराउनु, त्यस स्थानमा रहेका रूख विरुवा नकाट्नु, वन्यजन्तुलाई हानी नोक्सानी हुने कार्य नगर्नु नगराउनु त्यो वन क्षेत्र हाल यथास्थितिमा संरक्षित रुपमा राख्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (१) (क) बमोजिम उल्लेख गरिएको छ ।
रिट निवेदन उपरको सुनुवाइ टुंगो नलागेसम्मका लागि सो जग्गामा मेडिकल कलेज स्थापना नगर्न अदालतले आदेश दिएको छ । बर्दिबासको पूर्व पश्चिम राजमार्गसँगै जोडिएको उत्तर र भब्सी खोलाको पश्चिमी किनारको वन क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने आन्तरिक तयारी अन्तिम चरणमा छ । प्रस्तावित मेडिकल कलेजका लागि १०५ हेक्टर वन क्षेत्रका ५६८१ रुख कटान गर्नुपर्ने छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण