पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ
केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको छ ।
कार्यालयबाट विशेष टोली खटाई सार्वजनिक अपराध मुद्दाका फरार पनौती नगरपालिका–३ का २३ वर्षका सन्तराम तामाङ र सोही वडाका २७ वर्षीय सुवास तामाङलाई सोही स्थानबाट आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई अदालतले २०७३ असार ६ गते केही सार्वजनिक अपराध कसुरमा जरिवाना तथा सजाय फैसला गरेको थियो ।
यस्तै, विविध कसुरमा धुलिखेल नपा–४ को पोडिनी सार्कीलाई सोही स्थानबाट पक्राउ गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यालयद्वारा जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न, दण्डहीनताको अन्त्य र कानुनी तथा विधिको शासन स्थापित गर्ने उद्देश्यले प्रहरीको विशेष टोली खटाई फरार प्रतिवादीको खोजी अभियान सञ्चालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण