शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा भरुवा बन्दुक र गोलीसहित एक जना पक्राउ

सोमबार, २३ फागुन २०७८, १० : ३३
सोमबार, २३ फागुन २०७८

रौतहटमा अवैध भरुवा बन्दुक र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६ का इन्द्र बहादुर आले मगर छन् । उनको साथबाट भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल १ थान, त्यसमा लाग्ने गोली ३ थान र ३० वटा छर्रा बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताएका छन् । 

निज मगरमाथि हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान सुरु गरिएको एसपी घिमिरेले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट  खटिएको गस्ती टोलीले चन्द्रपुर ६ स्थित हातेमालो सामुदायिक बन क्षेत्रको बाटोमा चेकजाँचको क्रममा आइतबार  इन्द्र बहादुर आले मगरको साथबाट उक्त हातहतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप