रौतहटमा भरुवा बन्दुक र गोलीसहित एक जना पक्राउ
सोमबार, २३ फागुन २०७८, १० : ३३
रौतहटमा अवैध भरुवा बन्दुक र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६ का इन्द्र बहादुर आले मगर छन् । उनको साथबाट भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल १ थान, त्यसमा लाग्ने गोली ३ थान र ३० वटा छर्रा बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताएका छन् ।
निज मगरमाथि हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान सुरु गरिएको एसपी घिमिरेले जानकारी दिएका छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको गस्ती टोलीले चन्द्रपुर ६ स्थित हातेमालो सामुदायिक बन क्षेत्रको बाटोमा चेकजाँचको क्रममा आइतबार इन्द्र बहादुर आले मगरको साथबाट उक्त हातहतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण