श्रीलंका नेभीलाई नेपालले दियो २१५ रनको लक्ष्य
अभ्यासका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई २१५ रनको लक्ष्य प्रस्तुत गरेको छ । एकदिवसीय अभ्यास खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा पूरा विकेट गुमाउँदै २१४ रन जोडेको हो ।
नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रन बनाए । यस्तै आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमल सिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११, र ज्ञानेन्द्र मल्लले दुई रन मात्र जोडे ।
श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक चार तथा अवादतले तीन विकेट हात पारे । नेपालले ११ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ । नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै यूएई जाने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षापछि वायु प्रदूषण घट्दै
-
अब अतिरिक्त हुलाक रहँदैनन् : मन्त्री शर्मा
-
खराब नियत राखी ‘बचत अपचलन’ गर्नेलाई निर्ममतापूर्वक कारबाही गर्न नेफ्स्कूनको माग
-
बैंकिङ प्रणालीबाट ३५ अर्ब तरलता तान्दै राष्ट्र बैंक
-
‘बैंकहरुले जस्तै सहकारीले पनि मार्गदर्शन पालना गर्नुको विकल्प छैन’
-
चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने