राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतको सुपरम्यान जीपलाइनमा सरर....
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको जिपलाइन सयर गरेका छन् । कार्यक्रमको सिलसिलामा गृह जिल्ला पर्वत पुगेका उनले कुस्मा बजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीप लाइनमा सयर गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले सुपर म्यान जीप लाइनबाट १४ सय ८० मिटर दूरीको रिसोर्टमा ल्याण्ड गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । जिपलाइन सयर गरेपछि उनले प्रतिकृया दिँदै एकदमै रमाइलो र साहसिक अनुभव भएको बताएका छन् ।
शयरपछि उनले भने–‘अहिले रमाइलो गर्ने साहसिक खेलमा सहभागी हुनेक्रम बढेको छ । एकपटक हार्नेस जिप लाइनमा आएर अनुभव लिन म अनुरोध गर्दछु ।’
हार्नेस जिपलाइन प्रालि कुश्माले सञ्चालनमा ल्याएको सुपरम्यान जिपलाइन विश्वकै दोस्रो लामो भएको कम्पनीको दाबी छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइन १४ सय ८० मिटर लामो रहेको छ ।
शो जीपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ । यस्तै अध्यक्ष तिमिल्सिनाले नेपालकै पहिलो स्काईब्रिजको उद्घाटन समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक