राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतको सुपरम्यान जीपलाइनमा सरर....
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको जिपलाइन सयर गरेका छन् । कार्यक्रमको सिलसिलामा गृह जिल्ला पर्वत पुगेका उनले कुस्मा बजार नजिक कालीगण्डकी नदीको खोँचमा बनेको जीप लाइनमा सयर गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले सुपर म्यान जीप लाइनबाट १४ सय ८० मिटर दूरीको रिसोर्टमा ल्याण्ड गरेको उनको स्वकीय सचिवालयले जनाएको छ । जिपलाइन सयर गरेपछि उनले प्रतिकृया दिँदै एकदमै रमाइलो र साहसिक अनुभव भएको बताएका छन् ।

शयरपछि उनले भने–‘अहिले रमाइलो गर्ने साहसिक खेलमा सहभागी हुनेक्रम बढेको छ । एकपटक हार्नेस जिप लाइनमा आएर अनुभव लिन म अनुरोध गर्दछु ।’
हार्नेस जिपलाइन प्रालि कुश्माले सञ्चालनमा ल्याएको सुपरम्यान जिपलाइन विश्वकै दोस्रो लामो भएको कम्पनीको दाबी छ । कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट सुरु हुने जिपलाइन १४ सय ८० मिटर लामो रहेको छ ।
शो जीपलाइनका लागि ३५ सय रुपैयाँ शुल्क तोकिएको छ । यस्तै अध्यक्ष तिमिल्सिनाले नेपालकै पहिलो स्काईब्रिजको उद्घाटन समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण